‘रेस्ट्रोएक्स’ बन्यो गण्डकी प्रदेशकै उत्कृष्ट स्टार्टअप कम्पनी

पाेखरा | पुस १३, २०८०

‘रेस्ट्रोएक्स’ बन्यो गण्डकी प्रदेशकै उत्कृष्ट स्टार्टअप कम्पनी

पोखरा:    पोखराको रेस्टुरेन्ट सफ्टवेयर कम्पनी रेस्ट्रोएक्स प्रालिले काठमाडौंमा भएको आठौं ‘आइसिटी अवार्ड’मा गण्डकी प्रदेशबाट उत्कृष्ट स्टार्टअप अवार्ड जितेको छ । 


एक दर्जन बढी प्रि–इभेन्ट, ५ महिनादेखिको छनोट प्रक्रिया पूरा गरी विभिन्न १४ विधामा अवार्ड वितरण गरिएको थियो । त्यसबाहेक सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई पनि अवार्ड प्रदान गरिएको थियो ।
प्रदेश उत्कृष्ट स्टार्टअपमा गण्डकीबाट रेस्ट्रोएक्ससहित कोशी प्रदेशबाट ट्रयाक अन नेपाल, मधेश प्रदेशबाट एड्सबी मिडिया, बागमती प्रदेशबाट हर्टसन टेक्नोलोजी, लुम्बिनी प्रदेशबाट टुना टेक्नोलोजी, कर्णाली प्रदेशबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निम इन्फोसिस प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन अवार्डबाट सम्मानित भए ।


लिभिङ विथ आइसिटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड मानिन्छ ।


रेस्ट्रोएक्सका सिइओ स्वदेश नेपालीले प्रदेशबाट उत्कृष्ट स्टार्टअप सम्मानबाट सम्मानित भएपछि आफूहरुलाई हौसला मिलेको बताए । ‘आइटी क्षेत्रमै केही गरौं भनेर लागिरहेका छौं । यो सम्मानले अझै यसमै केही राम्रो गरौं भन्ने हौसला दिएको छ,’ उनले भने ।


रेस्ट्रोएक्स प्रालिको मुख्य कार्यालय पोखरा जिरो किलोमिटरमा छ । यो सफ्टवेयर रेस्टुरेन्ट, होटल तथा क्याफेलाई डिजिटल रुपमा व्यवस्थापन गर्न बनाइएको नेपालीले जानकारी दिए । उनका अनुसार हाल उक्त सफ्टवेयर १५ सयभन्दा बढी रेस्टुरेन्टले प्रयोगमा ल्याएका छन् । 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्